दुई पटकको हारको बदला लिँदै सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको छ ।
सार्वजनिक भएको पछिल्ले मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।
उनीहरूबीचको मतान्तर ५ हजार ४३४ मत छ ।
चौधरी २०७० को निर्वाचनदेखि गच्छदारसँग निरन्तर पराजित हुँदै आएकी थिइन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले चौधरी पराजित भएकी थिइन् । ७४ मा भने उनी ३ सय २१ मतान्तरले पराजित भइन् ।
प्रतिक्रिया