मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु

आइतबार, ०९ मंसिर २०८१
विराटनगर : मोरङमा हायस गाडीले ठक्कर दिँदा आइतबार दिउँसो साइकलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेको साइकललाई दिउँसो ३ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर साइकलयात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा ४ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले हायस र चालक झापाको भद्रपुर नगरपालिका–८ का २६ वर्षीय विशाल दासलाई नियन्त्रणमा लिएको छ । हायसको तीव्र गति र साइकलयात्रीको असावधानीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार