उदयपुरको बेलका ९ : स्व. खड्काको सम्मानका लागि कांग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह

आइतबार, ०९ मंसिर २०८१
बराहक्षेत्र : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उदयपुरको बेलका नगरपालिका वडा नं. ९ मा कांग्रेसलाई मतदान गर्नका निम्ति आग्रह गरेका छन् । आगामी मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा स्वर्गीय वडाध्यक्ष पदम खड्काको सम्मानका लागि नेपाली कांग्रेसकालाई विजयी गराउन उनले मतदातालाई आग्रह गरेका हुन् । आइतबार रामपुरस्थित नेपाली कांग्रेस वडा नं. ९ कार्यसमितिले आयोजना गरेको चुनावी कोणसभा कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भने, ‘स्वर्गीय वडाध्यक्ष खड्काले अगाडि बढाएका योजना पूरा गर्नका लागि कांग्रेसले इमान्दार छवि बनाएका नवराज बस्नेत (नवीन)लाई उमेद्बारको रूपमा प्रस्तुत गरेका छौँ ।’ फरक प्रसङ्गमा उनले वर्तमान नेपाली कांग्रेससहितको केपी ओली नेतृत्व सरकारले विकाससँगै जनताका आवश्यकता पूरा गर्ने आश्वासन दिलाए । कोणसभामा कांग्रेस उदयपुर क्षेत्र नं. १ सभापति खगेन्द्र राई, कांग्रेस नेता सुशील सेढाई, नगर सभापति तथा मेयर अशोक कार्की, वडाध्यक्षको उमेद्बार बस्नेतलगायतले बोलेका थिए । बेलका ९ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले बस्नेतलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्दा नेकपा एमालले भने स्वर्गीय खडकाको सहोदर भाइ मोहन खड्का र नेकपा माऔबादीले विद्यार्थी नेता भरत घिमिरेलाई प्रस्तुत गरेपछि चुनावी माहोल रोचक र प्रतिस्पर्धात्मक बनेको छ । वडाध्यक्ष खड्काको दुर्घटनाबाट मुत्यु भएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार