काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
मन्त्री पदमै रहँदा प्रदेश सरकारलाई सुइँको नदिई अधिकारी कात्तिक १३ गते अन्य तीन जना सहित जापान उडेका थिए ।
तर, जापानले उनीहरूलाई विमानस्थलबाटै फिर्ता पठाएको थियो। उनीसँगै फिर्ता आएका तीन जनालाई प्रहरीले तत्कालै पक्राउ गरेपनि अधिकारीलाई भने पछि राजीनामा दिइसकेपछि विराटनगरस्थित घरबाटै पक्राउ गरेको थियो ।
प्रतिक्रिया