इटहरीमा तीन सय केजी गाँजासहित स्कारपियो प्रहरीको नियन्त्रणमा 

मंगलबार, ११ मंसिर २०८१
इटहरी :  इटहरी उपमहानगरपालिका २० पानीपिया जङ्गलस्थित कोशी लोक मार्गमा लागू औषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका साढे ७ बजे विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले चेकजाँचको पानीपिया जङ्गल स्थित सडक किनारमा रोकेर राखेको को १ च ७६८९ नम्बरको स्कारपियो गाडी नियन्त्रणमा लिएको हो । उक्त गाडीभित्र तीन सय नौ किलोग्राम गाँजा (बोरा र प्लास्टिक)सहित बरामद गरेको हो । स्कारपियो र गाँजा प्रहरीले नियन्त्रणमा लिएर सवारी चालकको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । यसबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार