लेडी जेसीजद्धारा तेक्वान्दो खेलाडी राईसहित तीनजना सम्मानित

मंगलबार, ११ मंसिर २०८१
इटहरी : इटहरी लेडी जेसीजले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईसहित तीनजनालाई सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेकी राईसहितलाई मंगलबार एक कार्यक्रमबीच सम्मानित गरेको हो । कार्यक्रमको अवसर पारेर नेपाल टेलिभिजन इटहरीका प्रमुख वसन्त रुपाखेती र सङ्घर्षशील एकल महिला सरस्वती श्रेष्ठ खुलाललाईसमेत सम्मान गरिएको लेडी जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले बताइन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र लेडी जेसिजकी अध्यक्ष काफ्लेलगायतले सम्मान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार