सुन्दरहरैंचामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

बुधबार, १२ मंसिर २०८१
केराबारी । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित खोर्साने ९ केराबारी सडकमा  मङ्गलवार राती मोटरसाइकल दुर्घटना हुँदा एक जना पैदल यात्री महिलाको मृत्यु भएको छ । मङ्गलवार सा ८ः३० बजे खोर्साने ९केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले सुन्दरहरैंचा नगरपालिका वडा नं १० बस्ने वर्ष ६४ को सीता गुरागाईँलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते महिलालाई उपचारको लागि विराटनगर स्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार