मोरङमा साइकलबाट लडेर २५ वर्षीय युवकको मृत्यु

बुधबार, १२ मंसिर २०८१
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–५ मा साइकलबाट लडेर मंगलबार राति एक युवकको मृत्यु भएको छ । पोटियाबाट हात्तीमुडातर्फ जाँदै गरेको साइकल राति ८ः४५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा साइकलयात्री बूढीगंगा–५ का २५ वर्षीय जलेश्वर सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार