विराटनगर । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा दुर्घटनामा परेर आरती स्ट्रिप्स नामक उद्योगका मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका भारतको विहार घर भइ मोरङको आरती स्ट्रिप्स नामक उद्योगमा कार्यरत ४५ वर्षीय दीपक शर्माको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ४७७४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका शर्मालाई सोमबार साँझ ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पतालमा भर्ना गरियो ।
उपचारका क्रममा बुधबार बिहान १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया