राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

बुधबार, १२ मंसिर २०८१
काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलिले वालुवाटारमा प्रधामन्त्रीलाई नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहालयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीवीकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रूपमा बजेट व्यवस्थापन, समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ । समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । ओलीले पत्रकारितामा फोटोको महत्व धेरै रहेकाले मैले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार