पाँचथर : असोज ९ देखि १२ गते सम्म भएको अविरल बर्षासँगै आएको बाढी र पहिरोमा ज्यान गुमाएका नागरिकको परिवार र आफन्तलाई पाँचथर सेवा समाज काठमाण्डौँले राहत रकम उपलब्ध गराएको छ ।
समाजले बुधवार फिदिमममा एक कार्यक्रम आयोजना गर्दै यहाँका आठ परिवार र आफन्तलाई राहत रकम उपलब्ध गराएको हो ।
बाढी पहिरोमा परी फिदिम नगरपालिकाका ६ सँगै फालेलुङ र फाल्गुनन्द गाउ‘पालिकाका १–१ जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता छन् ।
समाजले ज्यान गुमाएका नागरिकको परिवारलाई राहतस्वरूप प्रतिव्यक्ति १० हजारका दरले नगद उपलब्ध गराएको हो ।
समाजले २०७८ र २०८० सालमा आएको बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिक र तिनका परिवारलाई पनि राहत वितरण गरेको थियो ।
पाँचथर जिल्लामा घर भएर काठमाण्डौँलाई कर्मथलो बनाएका नागरिकहरूको सक्रियतामा स्थापना भएको पाँचथर सेवा समाजले स्रोत जुटाएर विपदमा परेका, दीर्घ रोग लागेर उपचार नपाएका तथा आर्थिक स्रोतको अभावमा उपचार गराउन नसकेका नागरिकलाई सहयोग गर्दै आएको अध्यक्ष होमकुमार लावती (होमित)ले बताए ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले विपदमा सहयोग गर्दै आएको पाँचथर सेवा समाजलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया