मोरङमा १५ किलो गाँजासहित एक महिला पक्राउ

बुधबार, १२ मंसिर २०८१
विराटनगर : घरमा लागूऔषध गाँजा भेटिएपछि मोरङको जहदाबाट बुधबार साँझ एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घरमा लुकाइछिपाइ राखिएको १५ किलोग्राम गाँजासहित जहदा गाउँपालिका–१ की ५० वर्षीया मीरादेवी बैठालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र बुधनगरको संयुक्त टोलीले साँझ ५ः३० बजेतिर छापा हानेर बैठाको घरमा खानतलासी गरेको थियो । छापा हान्ने क्रममा घरभित्र गाँजा बरामद भएपछि घरधनी महिलालाई पक्राउ गरिएको जोशीले बताए । उनका अनुसार प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको हो । पक्राउ परेकी बैठलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । य स विषयमा इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार