इलामको रोङमा ६५ जनाको आँखा शल्यक्रिया

बुधबार, १२ मंसिर २०८१
इलाम : जिल्लाको रोङ गाउँपालिकामा ६५ जनाको आँखा शल्यक्रिया भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र रोङ गाउँपालिकाको आयोजनामा गत साउनदेखि ४५ दिन लगाएर टोलटोलमा आँखाका बिरामीको खोजी गरिएको थियो । शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको बिरामीहरूको मङसिर ८, ९ र १० गते स्वास्थ्य चौकी हर्कटेमा यातायात र आवाससहितको व्यवस्था गरी आँखा शिविर आयोजना गरिएको छ । सोही शिविरमा ६५ जनाको शल्यक्रिया गरिएको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले जानकारी दिए। उनकाअनुसार एक सय ७९ जनाको शल्यक्रिया गरिने लक्ष्य भए पनि कम मात्रामा बिरामी आएपछि सो संख्यामा शल्यक्रिया गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार