कोशी प्रदेशका विभिन्न स्थानमा सवारी दुर्घटना हुदाँ चार जनाको मृत्यु

आइतबार, २३ मंसिर २०८१
विराटनगर । कोशी प्रदेशको झापा, सुनसरी र उदयपुर जिल्लाहरूको छुट्टा छुट्टै स्थानमा मङ्सिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । झापा कन्काई नगरपालिका ८ लक्ष्मीपुर स्थित पूर्व पश्चिम लोक मार्गमा ना ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिँदा घाइते भएका उनको उपचारको क्रममा बिर्ता सिटी अस्पताल झापामा मृत्यु भएको थियो । यसै गरी, सुनसरीको इनरुवा नगरपालिका ६ स्थित पूर्व पश्चिम लोक मार्गमा स्थानीय ९३ वर्षीय अमर बहादुर अधिकारीलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा घाइते भई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो । हरी नगर गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा को १ ख ६४३१ नम्बरको टिपर को ठक्करबाट साइकल यात्री देवानगंज गाउँपालिका ७ का ५० वर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा बा. प्र. ०१.००६ ख ५८७१ नम्बरको हाईस गाडीको ठक्करबाट घाइते भएका पैदल यात्री त्रियुगा नगरपालिका ११ का ५५ वर्षीय परनसेर राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार