हरिनगर गाउँपालिकाको १८ औं गाउँसभाबाट बेरुजु रकम फर्छोट गर्ने निर्णय

मंगलबार, २५ मंसिर २०८१
सुनसरी : सुनसरीको हरिनगर गाउँपालिकाको १८ औं गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। गाउँसभाको अधिवेशन अध्यक्ष हाजी गफार अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्सारीले महालेखापरीक्षक टोली यही साता आउने भएकाले सो अगावै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचनासहितको निर्णय गाउँसभाबाट गरिनुपर्ने बताए । अधिवेशनले वार्षिक बजेटमा परिमार्जन गर्नुका साथै बेरुजु रकम फर्छोट सम्बन्धी निर्णय पारित गरेको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्यका अनुसार पालिकाको ८ करोड ७१ लाख रुपैयाँ बेरुजु देखिएको छ । कागजपत्रको अभाव तथा नीतिगत रूपमा महालेखा परीक्षकको कार्यालयले ठहर गरेको बेरुजु रकम फर्छोटका लागि गाउँसभाबाट पारित गरिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार