पत्रकार महासङ्घ सुनसरीबाट १२ जना निर्विरोध निर्वाचित

विहीबार, २७ मंसिर २०८१
इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरीको अन्तिम नामावली प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृत हर्ष सुब्बाका अनुसार १२ जना निर्विरोध भएका छन् । जस अनुसार जिल्ला सदस्यमा मुस्लिमतर्फ नसीम अन्सारी, मधेसीतर्फ सुरेन्द्र मेहता, सदस्य दलिततर्फ विनोद विश्वकर्मा, महिलातर्फ सीमा बस्नेत निर्विरोध निर्वाचित भएका छन् । यसैगरी प्रदेश परिषद् सदस्य समावेशीतर्फ उपेन्द्र चाम्लिङ, धनकुमार राई, विकास चाम्लिङ राई, विकी श्रेष्ठ, सोहन श्रेष्ठ र हिमाल राई निर्विरोध निर्वाचित भएका छन् । यस्तै प्रदेश परिषद् सदस्य महिलातर्फ कानुन कार्की र केन्द्रीय परिषद् सदस्य शुभद्रा प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार