सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

शुक्रबार, २८ मंसिर २०८१
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार ९२५ मा कारोबार भएको चाँदी आज १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार