मनमोहन अधिकारीको सेल्टरमा सूर्य चम्किरहन्छ : भीमज्वाला राई

शनिबार, २९ मंसिर २०८१
धरान : नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको सेल्टर रहेको धरान ४ को भूमिमा एमालेको सूर्य अंकित झण्डा सदा चम्किरहने नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले बताएका छन् । शनिबार नेकपा एमाले ४ नम्बर वडाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै राईले २००८ सालमा भएको बाँझगरा किसान आन्दोलनका क्रममा मनमोहनले राजनीतिक सेल्टर बनाएको यस क्षेत्रको हर्दिया, तेलनपुर लगायतका ग्रामीण क्षेत्रमा लामो समय सेल्टर लिँदै विचारको विजारोपण गरेको स्मरण गरे । विगतको स्थानीय तहको निर्वाचन मात्रै नभई भविष्यमा हुने सबै तहको निर्वाचनमा वडा नम्बर ४ एमाले पहिलो र जनप्रिय पार्टी हुने उनको दाबी छ । कार्यक्रममा वडाका अग्रज कम्युनिष्टहरू प्रेमलाल राई र कर्ण कट्वाललाई सम्मानसमेत गरियो । अधिवेशनमा नेकपा एमाले धरान अध्यक्ष हर्कजङ्ग एभेङले शुभकामना व्यक्त गरे । साथै अधिवेशनले द्रोण कट्वालको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा राजेन्द्र राई सोताङ, सचिवमा भगत राई, उपसचिवहरू महेन्द्र कुलुङ राई र सुस्मिता राई चयन भएका छन् । सदस्यहरूमा नगेन्द्र तामाङ, बुद्धिप्रसाद कोइराला, रूपा विश्वकर्मा, मीना तामाङ, लीलादेवी भगत, सुवास राई, विजय राई, सुनबहादुर राई, कुलबहादुर मगर, ज्ञानु राई, संगीता राई, उषा दहाल काफ्ले, पुष्प मगर, बलिराम राई, टीकामाया राई, प्रकाश राई, वविता राई र मोहन राई रहेका छन् । अधिवेशनमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य सुशीला पहाडी, सूर्य पन्धाक,, जिल्ला सदस्यहरू नारायण सुवेदी, केदार लामिछाने, सन्तोष राई, धरान नगर सचिव राजेन्द्र राई, उपसचिव दिवस बान्तवा वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राई लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार