पहिलो दिन शनिवार विर्तामोडको ग्रीन फिल्ड स्कूलमा बिहान ११ बजेदेखि सुरू भएको अडिसनमा करिब ६ सय प्रतिभाहरूले प्रतिस्पर्धा गरेका छन् ।
बाँकी प्रतिस्पर्धीहरूले आइतबार सहभागिता जनाउनेछन् । आयोजक संस्थाका राजेश घतानीका अनुसार इच्छुक प्रतिभाहरूले सिधै अडिसनस्थलमै गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरूको संख्या बढेको छ ।
संसारभरका नेपाली प्रतिभाहरूबीच प्रतिस्पर्धा गराउने यी दुई रियालिटी शो हरूको लण्डन, पोर्चुगल, अष्ट्रेलिया, जापान, थाइल्याण्ड, हङकङ, दुबई, कतार, मुम्बई र सिलगुडीका अडिसनहरू सम्पन्न भइसकेका छन् ।
नेपालमा पनि पोखरा र नेपालगञ्जका अडिसनहरू समापन भएका छन् भने बिर्तामोडपछि चैत्र १६ र १७ गते काठमाडौंमा अडिसन हुने बताइएको छ ।
प्रथम हुनेले एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख रकम पाउने आयोजकको दाबी छ ।
प्रतिक्रिया