त्रिविमा ८ डीन र ३ जना निर्देशक नियुक्त, को-को बने डीन ?

आइतबार, ३० मंसिर २०८१
काठमाडौं:  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ जना डीन नियुक्त गरेको छ । परिषदले शनिबार कार्यविधिको आधारमा डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । सर्वसम्मतिले डीन नियुक्त गरिएको उनले बताए । उनका अनुसार दोस्रो पटक डीन नदोहोर्‍याउने नीति छ । छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो । त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा। सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍।डा। मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा। लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए । को-को बने डिन ? शिक्षाशास्त्र संकाय – प्रा‍.डा. बेदराज आचार्य वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल चिकित्साशास्त्र अध्ययन संस्थान प्रा‍.डा. मोहोनराज शर्मा मानविकी तथा सामाजिकशास्त्र प्रा‍.डा. द्विविनन्द ढकाल व्यवस्थापन संकाय प्रा‍.डा. महानन्द चालिसे विज्ञान तथा प्रविधि अध्ययन संस्थान-प्रा‍.डा. शंकर खनाल कृषि र पशुविज्ञान अध्ययन संस्थान-सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल इन्जिनियरिङ अध्ययन संस्थान- प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार