फाल्गुनन्द गोल्डकपको तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र भारतको करसाङ भिड्ने

विहीबार, ०४ पुस २०८१
पाँचथर : शनिवारदेखि सुरू हुन लागेको ११ औं फाल्गुनन्द गोल्डकपको तालिका सार्वजनिक भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले खेल तालिका सार्वजनिक गरेको हो । पुष ६ गते प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ फुटबल क्लव भारतबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए । दोस्रो खेल पुष ७ गते मछिन्द्र फुटबल क्लव काठमाण्डौ र झापा ११ झापा, पुष ८ गते त्रिभुवन आर्मी क्लव काठमाण्डौ र उद्घाटन खेलको विजयी टिमबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, पुष ९ गते पुष ७ गते हुने खेलका विजेतासँग न्यू स्टार सुनसरीले प्रतिस्पर्धा गर्नेछ । यस्तै, पुष १० गते हुने तेस्रो क्वाटर फाइनलमा चर्च ब्बाइज युनाइटेड काठमाण्डौ र विराटनगर फुटवल क्लव तथा ११ गते गते अन्तिम क्वाटरफाइनलमा एनआरटी काठमाण्डौ र सहलेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुने खेल तालिकामा उल्लेख छ । यसैगरी पुष १२ गते पहिलो र १३ गते दोस्रो सेमिफाइनल सम्पन्न गरेर १५ गते फाइनल खेल सम्पन्न गर्ने तालिका छ । जिल्लाको सर्वाधिक पुरस्कार राशि रहेको फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँमा चित्त बुझाउनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिनेछ । यसैगरी सर्वाधिक गोलकर्तालाई नगद १५ हजार र विविन्न विधाका उत्कृष्टलाई १० हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ । नेपालका १६ औं विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि सुरू भएको फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर स्थगित भएको थियो । दशौं संस्करण पूरा भएपछि खेल मैदानको पर्खाल भत्किनुका साथै कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितालाई यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार