इटहरी । मोफसलको चर्चित ब्यान्ड सियो धागोले इटहरी २०, तरहरामा साङ्गीतिक प्रस्तुति दिने भएको छ ।
तरहरा उत्सव २०८१ मा पुस १३ गते शनिवार ब्यान्ड सियो धागोले आफ्नो प्रस्तुति दिने भएको हो ।
तरहरा उत्सव २०८१ ले चर्चित ब्यान्डलाई साङ्गीतिक प्रस्तुतिका लागि ल्याउने भएपछि तरहरा उत्सव हुने भएपछि तरहराका युवाहरूमा खुसी छाएको छ ।
विभिन्न जातजातिको बाक्लो उपस्थिति रहेको तरहरामा तामाङ जात थर समुदायको एउटा टोलै छ, साबिक तामाङ टोल तामाङ थरका निशान्त दोर्ज आउने भएपछि स्थानीयहरू उत्साहित भएका छन् ।
को हुन् निशान्त दोर्जे ?
सलकपुरका गायक, सियो धागो भोकलिस्ट, निशान्त दोर्जे रिजर्भ टाइपका गायक हुन् ।
युवा उमेर समूहका गायक निशान्त यति शान्त र प्रिय छन् कि, पूर्वमा उनका फ्यानहरू पुरुष भन्दा महिला बढी छन् ।
सियो धागो भोकलिस्ट निशान्तलाई आई लब यू भन्ने त धेरै भए पनि यसपालि तरहरा उत्सव २०८१ मा भने स्टेजमा नै प्रेम प्रस्ताव राख्ने तयारी भएको, चर्चा छ ।
निशान्तले नेपालका सबै लोकप्रिय तथा मुख्य धारको गीत, सङ्गीतलाई आफ्नो जादुमय कलामा प्रस्तुत गर्छन् । उनले लोक, एकोस्टिक, पप, रकदेखि क्लासिक रक, रेगी, फ्युजन लगायत आधुनिक शैलीहरूका गीत पनि निक्कै दमदार तरिकाले प्रस्तुत गर्छन् । रिजर्भ स्वभावका भए पनि प्रस्तुतिमा भने उनको अर्को रूपमा देखिन्छ । निशान्तको यहीँ शैलीको धेरै फ्यानहरू छन् । उनले नेपाली, हिन्दीसहित पप शैलीका गीतहरू समेत प्रस्तुत गर्छन् ।
प्रतिक्रिया