मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

शुक्रबार, ०५ पुस २०८१
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए। यसअघि आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका प्रसाईंलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो। त्यसपछि प्रसाईंका छोरा निराजनका तर्फबाट नारायण खवासले पुस २ गते थुनामुक्तको माग दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै थुनुवा झिकाउने आदेश दिएको थियो । शुक्रबार उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासमा परेको थियो । जसमा सुनुवाइ गर्दै प्रसाईँलाई थुनामुक्त गर्न आदेश भएको हो। पछिल्लो समय भारतीय गुण्डा नाइके लरेन्स विश्नोई समूहको नाम लिएर व्यापारीलाई धम्क्याउँदै पैसा असुलेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईँमाथि अनुसन्धान गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार