क्वालिटी एजुकेसन, विश्वसनीयता, दक्ष अनुभवी, विदेशबाट उच्च शिक्षा हासिल गरेका टिमले विभिन्न देशका भाषाहरू पढाउने गरेका कारण पनि छोटो समयमै विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको उनको दाबी छ ।
विद्यार्थीले रोजेको विश्वविद्यालयमा अध्ययन गर्न पाउनुका साथै आवास तथा रोजगारीका क्षेत्रमासमेत आबद्धता हुनका लागि स्टेलरले सहजीकरण गर्दे आएको उनले बताए ।
पूर्व क्षेत्रमा धेरै शैक्षिक परामर्श दिने कन्सल्टेन्सी भए पनि सबैबाट विद्यार्थीहरू पूर्ण रूपमा सन्तुष्ट हुन नसकिरहेको उनको भनाइ छ । सोही कारण विद्यार्थीहरूको इच्छा अनुसारको शैक्षिक परामर्श दिँदै सेवा गर्ने उद्देश्यले स्टेलरलाई इटहरीमा स्थापना गरेको संस्थाका प्रशासनिक निर्देशक क्षितिज बुढाथोकीले बताए ।
शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त स्टेलरले इटहरीले IELTS, PTE,TOEFL ,DUOLINGO, D-SAT, Japanese Language Classes, Korean Language Classes अध्ययन-अध्यापन गराउँदै आएको छ । स्टेलरको इटहरीबाहेक काठमाडौँ, धनगढी र बुटवलका शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया