एनपिएल फाइनल: सुदूरपश्चिमले टस जितेर जनकपुरविरुद्व पहिले ब्याटिङ गर्दै

शनिबार, ०६ पुस २०८१
काठमान्डौं : नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका यी दुई टिमबीचको फाइनल हेर्ने दर्शक बिहानैबाट मैदान पुगिसकेका छन्। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी प्रतियोगितामा तेस्रो पटक हुन लागेको हो। समूहचरण र पहिलो क्वालिफायरमा हारेको जनकपुर तेस्रो तथा निर्णायक खेलका रुपमा रहेको फाइनलमा उपाधि जित्ने लक्ष्यम रहँदा सुदूरपश्चिम तेस्रो पटक जनकपुरलाई हराउने लक्ष्यमा रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार