इटहरी : नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।
सोमबार बेलुकी भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहानको राति आएको हो ।
जसअनुसार थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे ।
उनीहरूबीचको मतान्तर ३०९ रहेको छ । मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन् ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
यससँगै जेसीजले वर्ष २०२५ का लागि महिला नेतृत्व प्राप्त गरेको हो । शासन व्यक्तिको हैन विधिको हुनुपर्छ भन्ने मान्यता लिएर अगाडि बढेको जेसीजले यसअघि तीन जना महिला राष्ट्रिय अध्यक्ष पाइसकेको छ ।
जेसीजको कार्यकाल एक वर्षको हुनेछ । जेसीजले एक वर्ष, एक व्यक्ति र एक पदको अवधारणालाई आत्मसात गर्दछ ।
यो पनि - नेपाल जेसीजको अध्यक्षकी उम्मेदवार रजनी थापा को हुन् ?
कोशी प्रदेश सरकारको अभिभाकत्वमा भएको राष्ट्रिय महाधिवेशन नेतृत्व चयनसँगै सम्पन्न हुने चरणमा छ। महाधिवेशनलाई इटहरी उपमहानगरपालिकाले संरक्षकत्व प्रदान गरेको छ ।
निर्वाचितहरूको मत कसको कति ?अध्यक्षरजनी थापा – ७६२ मत (विजयी)जीवन कार्की– ४५३ मतकार्यकारिणी उपाध्यक्षगणेश सापकोटा – ७८५ मत (विजयी)एलिना महर्जन – ७३४ (विजयी)कृष्ण सापकोटा – ७६८ (विजयी)सौरभ श्रेष्ठ – ६८३ (विजयी)उपाध्यक्षसन्दिप खत्री – १०६८ (विजयी)दिपक अधिकारी – १०६२ (विजयी)धनराज कँडेल – १०३४ (विजयी)सुजन थापा काजी – १०२३ (विजयी)संगम कार्की – ९५८ (विजयी)बबिता पाण्डे – ९२२ (विजयी)अभिषेक दुलाल – ९०७ (विजयी)सुमत्रा भट्टराई – ८७८ (विजयी)उज्जवल काबरा – ८२९ (विजयी)सुवास गौतम – ८१८ (विजयी)राघव कोइराला – ८०० (विजयी)मनिप्रसाद अर्याल – ७८३ (विजयी)कसको कति मत ?यो पनि - जेसीज महाधिवेशन: राष्ट्रिय अध्यक्षका ‘एजेन्डा’ के ?
प्रतिक्रिया