इटहरी : इटहरीमा रहेको नव दृष्टि आँखा अस्पतालले धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न वडामा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।
शिविरमा एक हजार चार सय ४५ जना सेवाग्राही लाभान्वित भएका छन् । एक सातासम्म समय लगाएर गरिएको शिविरमा एक हजार चार सय ४५ जना सेवाग्राहीले लाभ लिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार पुष २ गतेदेखि ९ गतेसम्म गरिएको शिविरबाट उक्त संख्यामा सेवाग्राहीले लाभ लिएका हुन् ।
अस्पतालका दृष्टि विज्ञ राकेश थापाका अनुसार साँगुरीगढीका विभिन्न वडा र स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको थियो ।
शिविरमा सात सय जेष्ठ नागरिक र सात सय ४५ जना विद्यार्थीहरूले आँखा जाँच गराएका थिए ।
जसमा ५३ जनालाई मोतियाविन्दुको समस्या देखिएको थापाले बताए । यसैगरी ४१ जनाको आँखामा मासु पलाएको पाइएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको दृष्टि विज्ञ थापाले बताए ।
प्रतिक्रिया