बराह सहकारी समितिको प्रतिवेदनमा बराहका सञ्चालकहरू मानबहादुर विश्वकर्मा, गङ्गाबहादुर कालिकोटे, विष्णुमाया कालिकोटे, विष्णुकुमारी तुलाधर, अमरबहादुर विश्वकर्मा, शुभराज खातीलगायतले १० करोड ४७ लाख २९ हजार दुई सय ७३ रुपैयाँ आफै ऋण लिएको उल्लेख छ ।
बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, ऋण समिति संयोजक गंगा कालिकोटे, सञ्चालक सदस्य अमरबहादुर विक लगायत भने फरार रहेको प्रहरीले जनाएको छ । सहकारी ठगीमा संलग्न रहेका अरूहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
खासगरी संसदीय छानबिन समितिका सभापति सूर्य थापा संयोजक रहेको छानबिन समितिले बराह सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया