धरान सङ्गीत जात्रामा आज गायक समीर श्रेष्ठको प्रस्तुति रहने 

मंगलबार, १६ पुस २०८१
धरान । युटुवमा ३३ मिलियन भ्यूज पाएको थामन हात बोलको गीतका गायक आज (मङ्गलवार) धरान १५ स्थित बगरकोट सांस्कृतिक महोत्सवमा आउने भएका छन् । “समयसङै यी घाउहरू हराइजान्छ” बोलको चार हप्ता अघि मात्रै रिलिज समिरको गीतले ४ लाख ८५ हजार भ्यूज पाएको छ । चर्चित गायक समीर  श्रेष्ठ आज धरान सङ्गीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएका हुन् । समीर श्रेष्ठका थुप्रै गीतहरुले समेत युटुवमा मिलियन दर्शक पाएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पूर्व सन्ध्यामा आज साँझ ९ बजेदेखि धराने दर्शकहरुसंगै गायक श्रेष्ठले धरानेसङै नयाँ वर्षको स्वागत गर्ने छन् । गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज दशौँ दिन श्रेष्ठलाई धरान ल्याइएको महोत्सव आयोजक नेचर क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । त्यस्तै बुधवार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई ९कान्छी० ले बताए । धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लब धरान, निशान त्रिभ्याली टोल विकास संस्था मुख्य आयोजक र त्रिवेणी महिला समूह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार