तमोर नदीमा टिपर खस्यो, एक जना बेपत्ता

सोमबार, ०९ भदौ २०८२

ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा टिपरसहित तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तनहुँ, शुक्लागण्डकी नगरपालिका–४ निवासी २४ वर्षीय सुदीप सुवेदी रहेको प्रहरीले जनाएको छ । सुवेदी तमोर–५ जलविद्युत आयोजनामा मेशिन/मेकानिकल क्षेत्रमा कार्यरत थिए ।

सोमबार दिउँसो फक्ताङलुङ–६ लेलेस्थित तमोर कोरिडोर सडक खण्डमा ग १ क ६३१८ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा सडकबाट करिब २५ मिटर तल नदीमा खसेको थियो । उक्त दुर्घटनामा सुवेदीसमेत नदीमा खसेर बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार सुवेदीको खोजी कार्य अहिले पनि जारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार