‘धोती दिवसलाई नेपाली संस्कृतिको रूपमा ग्रहण गर्नुपर्छ’

बुधबार, १७ पुस २०८१
काठमाडौँ । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत सहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातिले मात्र मनाउने भेसभुसा नभएको बताएका छन् । उनले आज सबैले आ –आफ्नो मौलिक भेसभुसा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन् । उनले भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाहिँ कुनै एउटा एकल जातजातिले मात्र मनाउने भेसभुसा दिवस होइन । सबैले आ –आफ्नो मौलिक भेसभुसा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो । सबैलाई सम्मानको रूपमा भन्नकै लागि कसैले टोपी त कसैले धोती लगाएका छन् ।’ साथै, उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसाबले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रूपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे । कार्यक्रममा सबै जना मधेसी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए । उनीहरूले ‘धोती हाम्रो शान हो, मधेसीको पहिचान हो’, ‘मधेसी एकता जिन्दाबाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार