सुनको मूल्य बढ्यो, तोलाको कति ?

शुक्रबार, १९ पुस २०८१
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तैशुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोवार भैइरहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार