वाग्मती प्रदेश सरकारबाट पनि बाहिरियो एमाले, सरकारलाई दिएको समर्थन फिर्ता

शुक्रबार, १० चैत्र २०७९
काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने घोषणा गरेको छ । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने घोषणा गरेका हुन् । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका जगन्नाथ थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्री  केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ सरकारमा सहभागी भएका थिए । गत पुस २६ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । भने एमालेकै केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ र एकलाल श्रेष्ठ गत माघ ११ गते मन्त्री बनेका थिए । केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएसँगै वाग्मती प्रदेशमा पनि नेकपा एमाले सरकारबाट बाहिरिएको घोषणा गरेको हो  । एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार