बुधबार ६.३८ अंकले बढ्यो नेप्से परिसूचक

बुधबार, २४ पुस २०८१
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २६५३.३८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार न्यादि हाइड्रोपावरको भएको छ । यस कम्पनीको २२ करोड ५३ लाख  ४९ हजार ५ सय ९७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार