राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक, पारित भए ६ प्रस्ताव

बुधबार, २४ पुस २०८१
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। बुधबार एक विशेष कार्यक्रमकाबीच बिमा कम्पनीले आफ्नो वार्षिक साधारण सभामा दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । दोस्रो वार्षिक प्रतिवेदनमा ६ वटा सामान्य प्रस्तावहरु पारित भएका छन् । यस्ता छन् ६ वटा सामान्य प्रस्तावहरु- (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित भएको छ । (२) राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित । (३) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक बर्ष २०७४/७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने । (४) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने । (५) सञ्चालकहरूको आर्थिक वर्ष २०७३/२०७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधाहरू अनुमोदन । (६) सञ्चालकहरूको बैठक भत्ता रु. ६,००० तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक रु १२,००० प्रदान गर्न स्वीकृत ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार