दुई छोरीको आफैंले हत्या गरेको पूर्णिमाको बयान, १४ बर्षमै भएको थियो बिहे

विहीबार, २५ पुस २०८१
काठमाडौं : जम्मा १७ बर्षको उमेरमा दुई छोरी जन्माएकी सल्यानकी पूर्णिमा रानाले हत्याको अभियोग स्वीकार्दै प्रारम्भिक बयान प्रहरी समक्ष दिएकी छन्। सल्यानको कुपिण्डे–११, सिस्नेपातालकी उनले ३ बर्षीया र ६ महिने छोरीको हत्या गरेको स्वीकार गरेकी जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो। पूर्णिमाको प्रारम्भिक बयानका आधारमा बिहीबार जाहेरी दर्ता गरी थप अनुसन्धान हुनेछ। प्रारम्भिक सोधपुछको क्रममा उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन्। १४ बर्षको उमेरमा नै बिहे गरेकी उनले १७ बर्षको पुग्दा दुई सन्तानलाई जन्म दिएर हत्या समेत गरिसकेको अभियोग छ। उनका पति टेकमान राना २५ वर्षका छन् । घर खर्च चलाउन उनका टेकमान नुवाकोटमा बसेर काम गर्दै आएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार