कोशीका डीआईजीद्धारा मातहत कार्यालय प्रमुखहरूलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन

शनिबार, २७ पुस २०८१
इटहरी : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले मातहत कार्यालय प्रमुखहरूलाई शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पान सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा भएको निर्देशन सम्बोधन कार्यक्रममा उपस्थित मातहत कार्यालय प्रमुखहरूलाई उनले नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पीडितमैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए । सवारी दुर्घटना न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, साइबर अपराध, लागूऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरूलाई नियन्त्रण र निरूत्साहित गर्न योजनाबद्ध रूपमा परिचालन गर्न उनले निर्देशन दिए । हिउँदको समयमा लाग्ने मेला पर्वमा प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मजबुद बनाउन, मेलामा प्रहरीको स्टलसमेत राखी सचेतनामूलक पर्चा, पम्प्लेट वितरण निर्देशन दिए । यस्तै, कार्यसम्पादन सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गर्दै कार्यसम्पादन बमोजिम सर्वोत्कृष्ट कार्य गर्ने कार्यालय प्रमुखलाई पुरस्कृत गरिने उनले बताए । निर्देशन सम्वोधन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबिनारायण काफ्लेलगायत प्रहरी अधिकृतहरू उपस्थित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार