धरान : धरानमा गाँजासहित दुई युवक पक्राउ परेका छन् ।
धरान २० सानो खैरेस्थित भित्री कच्ची सडकखण्डमा अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानको चिण्डेडाँडातर्फ आउँदै गरेको को २४ प ३८९२ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलमा ल्याउँदै गरेको निलो जेब्रा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको १० प्याकेट, रातो हाते ब्यागभित्र प्लाष्टिकमा प्याक गरिएको तीन प्याकेट, पछाडि बोक्ने खरानी कलरको झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको तीन प्याकेट गरी जम्मा १६ प्याकेटमा १६ केजी गाँजा फेला बरामद गरिएको हो ।
उक्त परिमाणको लागूऔषध गाँजा, मोटरसाइकल र चालक धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं. ८ बस्ने २९ वर्षीय विवेक राई र सोही मोटरसाइकल पछाडि सवार धरान उपमहानगरपालिका वडा नं. २० चिण्डे डाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया