मोरङबाट घरमा लुकाएको २५ किलो गाँजासहित १ जना पक्राउ

आइतबार, २८ पुस २०८१
विराटनगर । मोरङबाट घरमा लुकाएर राखेको लागुऔषध गाँजा २५ किलोग्रामसहित एक जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार धनपालथान गाउँपालिका–३ डकुवा डाँडाका चन्द्रदेव मण्डललाई पक्राउ गरिएको हो । घरको कोठामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएपछि मण्डल पक्राउ परेका हुन् । लागुऔषध गाँजा लुकाएर राखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घरमा राति १० बजेतिर छापा हानेको थियो । गाँजा बरामद भएसँगै घरधनी मण्डललाई पनि पक्राउ गरिएको एसपी चिमरियाले बताए । उनका अनुसार पक्राउ गरिएका मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार