सुनसरी : सुनसरीको रामधुनीबाट अवैध रूपमा भरौट उत्खनन गर्दै गरेका ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार बेलुका बेलुका ६ बजे रामधुनी नगरपालिका वडा नं. ७ सेउती खोलाबाट अवैध रूपमा मिक्स गिटी र बालुवा लोड गर्दै गरेका पाँच वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार को २ त ३७४३, प्रदेश १-०१-००१ त ९११०, को १ त ३९१६, प्रदेश २-०३-००१ त ६२९५, प्रदेश १-०२-००१ त २६४६ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी साहायक निरीक्षक चन्द्रविनोद दाहालको कमान्डमा खटिएको पाँच जनाको टोलीले गस्ती गर्ने क्रममा अवैध रूपमा मिक्स गिटी बालुवा लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो ।
नियन्त्रणमा लिइएका ट्र्याक्टरहरू इलाका प्रहरी कार्यालय पकलीमा ल्याएर राखिएको छ ।
ट्र्याक्टरका चालकहरू सम्पर्कमा रहेको र यसबारे थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया