बाजुरा र स्याङ्जा २ मा मतगणना जारी, दुबैमा कांग्रेसको अग्रता

शुक्रबार, १६ मंसिर २०७९
जुरा र स्याङ्जा क्षेत्र नं. २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ । यसैगरी स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ । मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुरा र स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार