कोशी प्रदेशसभाको अधिवेशन माघ ७ गतेका लागि आह्वान

आइतबार, २८ पुस २०८१
विराटनगर : कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेससभाको छठौँ एवं हिँउदे अधिवेशन आह्वान गरेका छन् । खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो । मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान भएको छ । प्रदेशसभाको पाँचौं अधिवेशन असोज ४ गते अन्त्य भएको थियो । उक्त अधिवेशनमा संसदको २१ वटा बैठक बसेको थियो । त्यसको चार महिनापछि छैटौँ अधिवेशन आह्वान भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार