भीड नियन्त्रण लिन प्रहरीले देखायो डेमो

आइतबार, २८ पुस २०८१
सुनसरी : सुनसरीको इनरुवा नगरपालिका १ स्थित खेल मैदानमा संयुक्त रूपमा भीड नियन्त्रण सम्बन्धी डेमो प्रस्तुत गरिएको छ । आज (आइतबार) जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको विशिष्ट अतिथ्यतामा भएको डेमोस्ट्रेशन भएको हो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध लगायतका भीडलाई व्यवस्थापन तथा नियन्त्रण गर्न संयुक्त रूपमा डेमोस्ट्रेशन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीका पदाधिकारी, प्रहरी अधिकृतहरू तथा प्रहरी कार्मचारीहरू उपस्थित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार