माघे संक्रान्ति पर्वमा दुई दिन सार्वजनिक बिदा

सोमबार, २९ पुस २०८१
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप–प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक बिदा दिएको हो । नेपालीहरूको पर्व माघे संक्रान्ति (माघी पर्व)को अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ । नगर उप–प्रमुख चौधरीद्धारा हस्ताक्षरित सूचनामा २०८१ माघ १ र २ गते सार्वजनिक बिदा दिएकाले सो दिन चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा मातहतका सम्पुर्ण कार्यालयहरूमा बिदा रहने व्यहोरा उल्लेख गरिएको छ । चन्द्रपुर नगरपालिकाको जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, राजपेडा लगायतमा थारुको बहुल्यता रहेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघे संक्रान्तिका दिन ठूलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय गर्ने गर्दछन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार