इटहरी : इटहरीमा रहेको डिजिटल पेन्ट्सको पाँचौ साधारणसभा सम्पन्न भएको छ।
सभामा कम्पनीका अध्यक्ष कमल कार्कीद्वारा आर्थिक वर्ष २०८०–८१ को प्रगति र २०८१–८२ को रणनीति तथा लक्ष्यसहितको प्रतिवेदन प्रस्तुत गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतमले अध्यक्षको प्रतिवेदनमाथि प्रकाश पारेका थिए ।
कम्पनीको आर्थिक पाटो र लेखा परीक्षण प्रतिवेदन सञ्चालक तथा प्रमुख वित्तीय अधिकृत किशान खनालले प्रस्तुत गरे ।
कार्यक्रमलाई कम्पनीका सञ्चालक तथा प्रमुख परिचालन अधिकृत मणिकुमार आचार्यले सञ्चालन गरेका थिए ।
डिजिटल पेन्ट्सका उत्पादनहरू जर्मन प्रविधिमा आधारित छन् ।
कम्पनीले १२ वर्षको वारेन्टीसहित बाहिरी इमल्सन, भित्री र बाहिरी इमल्सनका विभिन्न रेन्जहरू, वाटरप्रूफिङ सोलुसन, इनामेल, गोल्ड, सिल्भर, वॉल पुट्टी लगायतका विभिन्न गुणस्तरीय उत्पादनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया