विराटनगर । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ३६१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सोमबार राति ९ः३० बजेतिर मिक्लाजुङ गाउँपालिका–३ स्थित अधिकारी चोकमा दुर्घटनामा परेको हो । सडकबाट उछिट्टिएर बाटोको नालीमा मोटरसाइकल खस्दा चालक मिक्लाजुङ–३ का ३४ वर्षीय प्रदीप राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
राईलाई घाइते अवस्थामा उद्धार गरेर उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । उपचारका क्रममा करिब १ घण्टापछि चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया