इलाम : माईबेनी मेलाको अवसरमा गरिएको कृषि प्रदर्शनीमा उत्कृष्ट किसानलाई पुरस्कार वितरण गरिएको छ ।
जोगमाइ गाउँपालिकाको सहयोग तथा कृषि शाखा माइ जोगमाईको आयोजनामा माईबेनी मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनीमा उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको हो ।
कृषि प्रदर्शनीमा नगदेबाली, कन्दमूल, खाद्यान्न तथा दलहन, फलफूल, रैथाने र तरकारी लगायत राखिएको छ । प्रदर्शनीमा ८३ वटा स्टल राखिएको थियो ।
गाउँपालिकाले कार्यालयमा बुधबार एक कार्यक्रम गरी सहभागीलाई प्रमाणपत्र र कृषि औजार वितरण गरिएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताइन् । सहभागीमध्ये उत्कृष्टलाई पुरस्कार वितरण गरिएको थियो ।
पुरस्कार पाउनेमा नगदे बालीतर्फ जोगमाइ ३ का टीका आचार्य (अदुवा) प्रथम, जोगमाइ ५ का तेजबहादुर लिम्बू (उखु) द्वितीय, इलाम नगरपालिका ५ का टेकप्रसाद लम्साल तृतीय भए भने जोगमाइ ४ का देव विष्टले शान्त्वना पुरस्कार पाए ।
कन्दमूलतर्फ जोगमाइ ४ का नेत्र विष्ट प्रथम, सोही ठाउँका भक्त देवान दोस्रो, जोगमाइ ५ का गोविन्द संजेल तेस्रो र इलाम नगरपालिका ८ का योगेश आचार्यले सान्त्वना पुरस्कार पाए ।
खाद्यान्नतर्फ भने इलाम नगरपालिका ८ की रिस्ता ढकाल, बिन्दा आचार्य, रविन आचार्य र हेमादेवी आचार्य क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।
फलफूलतर्फ जोगमाइ ४ का सन्तोष तामाङ प्रथम, जोगमाइ ४ कै शुक्रध्वज लिम्बू दोस्रो, इलाम नगरपालिका ८ का मोहनबहादुर बानियाँ तेस्रो र जोगमाइ ४ का अमित लिम्बू सान्त्वना भए ।
रैथाने बालीतर्फ जोगमाइ २ का सुरेन खड्का, इलाम नगरपालिका ८ की रिस्ता ढकाल र सोही ठाउँका रुपेश आचार्य प्रथम, दोस्रो र तेस्रो बने ।
त्यस्तै, तरकारीतर्फ इलाम नगरपालिका १० का दिनेश अधिकारी प्रथम, सोही ठाउँका वेदप्रसाद अधिकारी दोस्रो, जोगमाइ ४ की लक्ष्मी लिम्बू तेस्रो, इलाम नगरपालिका ४ का टेक कुमार रिजाल र जोगमाइ ४ का पूर्णबहादुर लिम्बू शान्त्वना भए ।
हरेक विधामा पुरस्कार पाउने सम्पूर्ण किसानलाई स्प्रे–ट्यांकी, हजारीलगायत सामग्री हस्तान्तरण गरिएको थियो । जोगमाइ गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया