प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

विहीबार, ०३ माघ २०८१
गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले रू १७ करोडको लागतमा बनेका भवनको आजै उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका छन् ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार