धरानबाट लागूऔषधसहित दुई महिला पक्राउ

विहीबार, ०३ माघ २०८१
धरान : धरानबाट लागूऔषधसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१० डेरा गरी बस्ने २७ वर्षीकी मनिका विक र ३८ वर्षीय रेनुका लिम्बू रहेका छन् । डेरामा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कानुन बमोजिम खानतलासी लिँदा विक सुत्ने लोबेडमाथि राखेको कालो सुटकेसभित्र लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनको कोठामा बस्ने ३८ कि रेनुका लिम्बू समेतलाई इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको तिम्सिनाले जानकारी दिए । धरान उपमहानगरपालिका–१० पुतली लाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने उनीहरू दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार