काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।
रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो ।
केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) अनुसार निलम्बन गरिएको पत्रमा उल्लेख छ ।
पार्टीको कोशी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरीपाउँ भनेर केन्द्रीय अनुशासन आयोग आयोगसमक्ष उजुरी दिएका थिए ।
उजुरीपछि स्थलगत मूल्यांकनपछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
प्रतिक्रिया